घट्यो सुनको मुल्य , कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।

बिहिबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । बिहिबार पनि चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

2 thoughts on “घट्यो सुनको मुल्य , कतिमा हुँदैछ काराेबार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *