काठमाडौँ । आइसीसी यु–१९ विश्वकपमा नेपालले अफगानिस्तानविरुद्ध टस हारेको छ ।
दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा भर्खरै भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । यससँगै अब नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।
प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि नेपालले आज अफगानिस्तानलाई जित्नै पर्ने दबाब छ ।
नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित विपिन रावल (विकेटकिपर), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दीपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द र तिलक भण्डारी छन् ।