काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सुदुरपश्चिमलाई एक सय २४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा एक सय २३ रन बनाउदै अलआउट भयो । कोशीको लागि तेस्रो नम्बरमा क्रिज समाल्न आएका मिनास थापाले सर्वाधिक २६ रन बनाए ।
कोशीका अंकित सुवेदी २२, कमल खत्री १८, फिरदोष अन्सारी १३, सोनु अन्सारी ९, सुभन गहतराज ५, समिर कार्की ४ र सुजन थपलियो ३ रन बनाएर आउट भए । कोशी प्रदेशले अतिरिक्त रुपमा १६ रन पायो ।
कोशीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्लले पाँच विकेट लिँदा विकास अग्रीले चार विकेट हात पारे ।
कोशी ७ खेलमा सबै खेल हार्दै अंकबिहिन हुँदै तालिकाको पुछारमा रहेको छ । सुदुर भने ४ खेलमा ३ जित सहित ६ अंकसहित पाचौं स्थानमा छ ।